परराष्ट्रमन्त्री आरजु राणा जेनेभा प्रस्थान

फागुन १० काठमाडौँ ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा जेनेभा प्रस्थान गरेको छन्। परराष्ट्रमन्त्री राणा स्विट्जरल्यान्डको जेनेभा प्रस्थान गरेकी हुन्।

फागुन १२ देखि १४ गते सम्म आयोजना हुने उच्च स्तरीय सत्रलाई मन्त्री डा. देउवाले १२ गते सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सेहि कार्यक्रममा सहभागि हुनका लागि आज साँझ मन्त्री राणा जेनेभा प्रस्थान गरेको छन्।

संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ५८औँ उच्चस्तरीय सत्रमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री राणा आज साँझ जेनेभा प्रस्थान गरेकी हुन्।

भ्रमणका क्रममा मन्त्री डा देउवाले संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को सन् २०२७ देखि २०२९ सम्मको कार्यकालका लागि नेपालले दिएको उम्मेदवारीका पक्षमा समर्थनका लागि पहल गर्नेछिन्।

मन्त्री डा देउवा नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र जेनेभास्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपाली नियोगका वरिष्ठ अधिकारीहरू सम्मिलित हुनेछिन्।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *