माघ १६ काठमाडौं ।
अखिल क्रान्तिकारीको अध्यक्षमा विजय प्रकाश सापकोटा विजयी भएका छन्। उनी निकटतम् प्रतिस्पर्धी हेमन्त राईसँग ७१ मतको अन्तरले विजय प्रकाश सापकोट विजयी भएका छन्।
सापकोटाले ६ सय ८६ मत प्राप्त गरेका भने राईले ६ सय १५ मत प्राप्त गरेका छन्। अध्यक्षका लागि चार जनाको उम्मेदवारी परेको थियो।
अध्यक्षका अर्का उम्मेदवार उपदेश कुमार यादवले ३ सय १० र सुदिन पौडेलले १ सय ९२ मत प्राप्त गरेका छन्। यस्तै, महासचिवमा रोशन थापा, कोषाध्यक्षमा फूलमाया राना यस अघि निर्वाचित भइसकेका छन्।
निर्वाचन समितिले औपचारिक घोषणा भने गर्न बाँकी छ।
Post Views: 38