परराष्ट्रमन्त्री डा. आरजु राणा र भारतका अतिरिक्त सचिवबीच भेटवार्ता

माघ १६ काठमाडौं ।
परराष्ट्रमन्त्री डा. आरजु राणा र भारतका अतिरिक्त सचिव बीच भेटवार्ता भएको छ।

आज भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग भेट गरेका हुन्।

परराष्ट्रमन्त्री डा. आरजु राणाको सचिवालयको अनुसार भेटमा नेपाल–भारत सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भएकोे जनाएको छ।

अतिरिक्त सचिव मुनु महावरले गृहमन्त्री रमेश लेखकसँग भेट गरेका थिए। भेटमा नेपाल–भारत सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणमा सहकार्य, दुवै देशका सीमा सुरक्षा लगायत विषयमा छलफल भएको बताएको छ।

 

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *