आज नेप्से परिसूचक दोहोरो अंकले बृद्धि

माघ ७ काठमाडौं ।

आज नेप्से परिसूचक दोहोरो बृद्धि भएको छ। नेप्से ६.७८ अंकले बढेर २६०७.९९ विन्दुमा बन्द भएको छ।

अघिल्लो दिनको तुलनामा बढेर ६ अर्ब ५७ करोडको सेयर कारोबार भएको छ। कारोबार रकम बढेर ३२ करोड रूपैयाँ भएको हो।

आज ११८ कम्पनीको सेयर मूल्य बढेको छ भने ११७ वटाको घटेको छ। यस्तै आठ कम्पनीको मूल्य स्थिर रहेको छ।
३११ वटा धितोपत्रको १ करोड ३६ लाख ७७ हजार ९८३ कित्ता सेयर किनबेच भएको हो। मानुषी लघुवित्तको सेयर मूल्य सर्वाधिक ९.०५ प्रतिशत, रिभर फल्स पावरको मूल्य ७.७० प्रतिशतले बढेको छ।

त्यस्तै नेपाल लघुवित्त र सुपर मादी हाइड्रोपावरको मूल्य सबैभन्दा बढी १० प्रतिश, भूगोल इनर्जीको मूल्य ९.९९ प्रतिशत घटेको छ । भने रिभर फल्स पावरको सर्वाधिक कारोबार भएको छ।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा हिमालयन पावर पार्टनर रहेको छ। आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक घटेको छ भने बाँकी आठ समूहको बढेको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *