६० अर्ब तरलता बैंकिङ प्रणालीबाट खिच्दै केन्द्रीय बैंकङ

माघ ६ काठमाडौं ।

६० अर्ब तरलता बैंकिङ प्रणालीबाट केन्द्रीय बैंकङले खिच्ने भएको छ। बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले तरलता खिच्ने भएको हो।

आज आइतबार निक्षेप संकलन उपकरण बोलकबोल मार्फत ६० अर्ब बराबरको तरलता खिच्न लागेको हो। बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि चालु आर्थिक वर्ष सुरुवात बाट नै केन्द्रीय बैंकले निरन्तर तरलता खिच्दै आएको छ।

निक्षेप संकलन दरमा स्थायी निक्षेप सुविधा दिएको केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण बोलकबोल मार्फत पनि तरलता खिचिरहेको छ।

केन्द्रीय बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरण बोलकबोल मार्फत तरलता खिच्न लागेको हो।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *