बागमती प्रदेश सरकारको पुससम्म १६ प्रतिशत बजेट खर्च

माघ ४ काठमाडौं ।
बागमती प्रदेश सरकारको पुससम्म १६ प्रतिशत बजेट खर्च गरेको छ। प्रदेश सरकारले चालू आर्थिक वर्षको ६ महिना सम्मा १६ प्रतिशत मात्रै बजेट खर्च गरेको हो।

कुल बजेटको करिब १६.२७ प्रतिशत मात्र पुस सम्म खर्च भएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ।चालू आ.व को लागि प्रदेश सरकारले ६४ अर्ब ५४ करोड चार लाख ३१ हजारको बजेट ल्याएकामा पुससम्म १० अर्ब ५० करोड २९ लाख नौ हजार खर्च भएको जनाएको छ।

विनियोजित बजेटमध्ये सबैभन्दा बढी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले ४१.५६ प्रतिशत, प्रदेश सभा सचिवालयले २८.३६ प्रतिशत बजेट खर्च गरेको छ।

सबैभन्दा कम पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयले ४.६ प्रतिशत बजेट खर्च गरेको मन्त्रालयले जनाएको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *