आज दिउँसो विपक्षी दलहरूको बैठक बस्दै

माघ ४ काठमाडौं ।
आज दिउँँसो २ बजे विपक्षी दलहरुको बैठक बस्दै छ। प्रमुख प्रतिपक्षी दलका नेताको कार्यालय नयाँ बानेश्वरमा आज दिउँसो बैठक बोलाइएको हो।

बैठकले साझा एजेन्डालाई अन्तिम रूप दिनेका लागि बैठक बस्न लागेको जनाएको छ। ‘एजेन्डाका मस्यौदा तयार पारेर दलहरुलाई पठाइएको छ।

आजको बैठकले एजेन्डालाई अन्तिम रुप दिने बताएका छन्। अध्यादेशको विरोध, संसद् अधिवेशन आह्वानको माग, महँगी, भ्रष्टाचार लगायत विषय मस्यौदामा समेटिएको बताएक छन्।

बैठकले अन्तिम रूप दिएपछि शुक्रबार नै ३ बजे संसद् भवनको ल्होत्से हलमा पत्रकार सम्मेलन गरेर एजेन्डा सार्वजनिक गर्ने तयारी जनाएको छ ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *