माघ २ काठमाडौं ।
सिंहदरबारमा विपक्ष दलहरुको बैठक बसेको छ। सिंहदरबारस्थित नेकपा (माओवादी केन्द्र) को संसदीय दल कार्यालयमा आज विपक्षी दलहरूको बैठक बसेको हो।
सरकारले हिउँदे अधिवेशन बोलाउन ढिलाइ गरिरहेकाले तत्काल सदन बोलाउन दबाब दिने दलहरुको बैठकले निर्णय गरेको बताएका छन्।
बैठकमा चार विषयमा छलफल भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद अर्यालले बताएका छन्। संसद छलेर सरकारले अध्यादेश ल्याएको विषयमा पनि बैठकमा छलफल भएको बताएका छन्।
बैठकमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, राप्रपा, आम जनता पार्टी लगायत दलहरूका शीर्ष नेताहरू सहभागी थिए।
प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ’प्रचण्ड’ को आह्वानमा बैठक बसेको हो।
Post Views: 38