यसवर्ष मनाङमा पहिलो पटक हिमपात

पुस २९ काठमाडौं ।
यसवर्ष मनाङमा पहिलो पटक हिमपात भएको छ। हिमाली जिल्लाको मनाङमा पुसको अन्तिम साता हिमपात भएको हो।

विगतका वर्षमा मङ्सिर देखि हिउँ पर्ने भए पनि यो वर्ष पुसको अन्तिम सातामा मात्रै हिउँ परेको छ। हिमपात भएपछि यहाँका कालापत्थरमा परिणत हुन लागेका डाँडाकाँडामा हिउँले भरिएको ङिस्याङ गाउँपालिका–१ पिसाङका किसानले बताएका छन्।

हिउँ परेपछि जमिन तथा मल भिजेर रसिलो हुने र बालीनाली सप्रने किसानको भनाइ छ। किसानका अनुसार हिउँ परेपछि बहुमूल्य जडीबुटी यार्सागुम्बा, निरमंसी, पाँचऔँले, चिराइतो लगायतको उत्पादन बढ्छ।

तल्लो भागमा परेको हिउँले खेतीपातीका लागि मलकै रुपमा काम गर्दछ। दुई हप्ताअघि मात्र सिँचाइ गरेका मनाङ चामेका किसान शेराप विष्टले हिमपातले खुसियाली ल्याएको बताएका छन्।

जलवायु परिवर्तनले समयमा हिमपात नहुँदा मनाङका हिमाल कालापत्थर बन्दै गएका छन्। अन्नपूर्ण, गङ्गापूर्ण, लमजुङल गायतका हिमालका आधाभन्दा बढी भाग कालापत्थरमा रुपान्तरण भइसकेका छन्।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *