पुस १७ काठमाडौं ।
आज विभिन्न पाँच देशका लागि नियुक्त भएका राजदूतहरुले शपथ लिएका छन्।
सरकारको सिफारिस र संसदीय सुनुवाइ समितिको अनुमोदन पछि उनीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले राजदूत नियुक्त गरेका थिए।
उनीहरुलाई आज राष्ट्रपति निवासमा आयोजित समारोहमा राष्ट्रपति पौडेलले शपथ ग्रहण गराएका हुन्।
राजदूत नियुक्त हुनेहरुमा पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेल, बेल्जियमका लागि नेपाली राजदूत सेवा लम्साल, मलेसियाका लागि नेपाली राजदूत डा. नेत्र प्रसाद तिम्सिना, दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत प्रा.डा. कपिलमान श्रेष्ठ र डेनमार्कका लागि नेपाली राजदूत सुम्निमा तुलाधरले शपथ लिएका हुन्।
Post Views: 94