पुस १७ काठमाडौं ।
आज बुधबार सेयर बजार ५.१० अंकले बढेको छ।
सेयर बजार वृद्धिपछि नेप्से २५८१ अंकमा कायम भएको छ। बजारको अंक बढे पनि कारोबार रकम भने घटेको हो।कुल १५० कम्पनीको मूल्य बढ्दा ८८ को घट्यो, ४ को स्थिर रह्यो।
मुख्यतः बैंकिङ सेक्टर घट्दा बजारको वृद्धिदर न्यून रहेको थियो । बैंकिङ सेक्टर सबैभन्दा धेरै ०.७२ प्रतिशत घटेको छ। अघिल्लो दिन सबैभन्दा धेरै ५ प्रतिशत घटेको फाइनान्स सेक्टर आज ३.८७ प्रतिशत बढ्यो।
विकामस बैंक १.६८, होटल तथा पर्यटन ०.९५, हाइड्रोपावर १.२४, उत्पादन ०.२५, लगानी ०.०९, निर्जीवन बीमा ०.२२ तथा व्यापार समूह ०.६३ प्रतिशत बढ्यो। भने जीवन बीमा ०.०६, माइक्रोफाइनान्स ०.१६ तथा अन्य समूह ०.४१ प्रतिशत घट्यो।
त्रिशुली जलविद्युतको मूल्य १० प्रतिशत, आत्मनिर्भर लघुवित्तको ९.९, सुपरमादी हाइड्रोपावरको ९.८, कर्पोरेट डेभलपमेन्ट बैंकको ९.३६ प्रतिशत, जोशी हाइड्रोपावरको ९.२, नारायणी डेभलपमेन्ट बैंकको ८, मल्टिपर्पस फाइनान्सको ७.२ प्रतिशत मूल्य बढ्यो।
सपोर्ट माइक्रोफाइनान्सको मूल्य १० प्रतिशत घट्यो। कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, जानाकी फाइनान्स, त्रिशुली जलविद्युत् कम्पनी, प्रभु बैंक र नेपाल फाइनान्स अगाडि रहे।