सेयर बजार नेप्से परिसूचक बढ्यो

पुस ११ काठमाडौं ।
सेयर बजार नेप्से परिसूचक बढेको छ।

साताको अन्तिम दिन आज सेयर बजारमा अधिकांश कम्पनीको सेयर मूल्य घटे पनि बजारको परिसूचक नेप्से बढेको छ। अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४.१९ अंक बढेको हो। सो अंकको वृद्धिपछि नेप्से २६३० अंकमा पुगेको छ।

अघिल्लो दिन ५ अर्ब २० करोडको कारोबार भएकोमा आज ५ अर्ब ३२ करोडको भयो। अधिकांश कम्पनी १६३ को मूल्य घटेको छ भने ७० को बढ्दा ९ को स्थिर रह्यो।

मुख्यतः यस दिन ‘हाइक्याप सेक्टर’ बैंकिङ बढ्दा समग्र बजार बढेको छ। सो समूह १.८१ प्रतिशत बढ्यो।

बैंकिङ बाहेक व्यापार २.३१, माइक्रोफाइनान्स ०.१४ तथा लगानी समूह ०.२७ प्रतिशत बढ्यो। फाइनान्स २.७०, विकास बैंक २.४८, होटल तथा पर्यटन ०.७८, हाइड्रोपावर १.२८, जीवन बीमा ०.३०, उत्पादन ०.०८, निर्जीवन बीमा ०.२६ र अन्य समूह ०.१६ प्रतिशत घटे।

आत्मनिर्भर र सपोर्ट माइक्रो फाइनान्सको मूल्य १० प्रतिशत र गुराँस लघुवित्तको ७.३२, प्रभु बैंकको ५.८ तथा कुथेली बुखरी स्मल हाइड्रोको ५.०५ प्रतिशत मूल्य बढेको छ।

कारोबार रकमका आधारमा प्रभु बैंक, जानाकी फाइनान्स, सपोर्ट माइक्रोफाइनान्स, कुमारी बैंक र सप्तकोशी विकास बैंक क्रमशः अगाडि रहेको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *