पुस ११ काठमाडौं ।
आज नेपाली बजारमा सुनको मूल्य बढ्यो भने चाँदीको मूल्य स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुन आज प्रतितोला छ सय रूपैयाँले बढेको हो।
आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।
त्यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहेको छ। अघिल्लो दिन प्रतितोला एक हजार आठ सय रूपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा किनबेच भइरहेको छ।
Post Views: 37