पुस १० काठमाडौं ।
राष्ट्रिय रामचन्द्र पौडेलले दिए ‘क्रिसमस डे’ को अवसरमा इसाई धर्मावलम्बीहरुलाई शुभकामना दिएका छन्।
पौडेलले चाडपर्वहरूको माध्यमबाट विविध सांस्कृतिक पहिचान एवं धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि गर्न सहयोग पुग्ने बताएका हुन्।
‘क्रिसमस डे’ को अवसरमा इसाई धर्मावलम्बीहरुमा सुख, शान्ति एवं सुस्वास्थ्यको कामना साथै यस्ता पर्वहरुले राष्ट्रिय एकतालाई थप मजबुत र सुदृढ बनाउन सहयोग पुग्ने विश्वस व्यक्त गरेका हुन्।
इसाई धर्मका अनुयायीद्वारा जिसस क्राइस्टको जन्मदिनको अवसरमा हरेक वर्ष डिसेम्बर २५ तारिखलाई धार्मिक एवं सांस्कृतिक उत्सवका रूपमा विभिन्न कार्यक्रमको आयोजना गरी ‘क्रिसमस डे’ मनाउने गरिएको छ।
‘क्रिसमस डे’ अवसरमा काठमाडौँ, ललितपुर, भक्तपुर र पोखरा लगायत देशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना हुँदै आएको छ।