यस वर्ष उपत्यकामा पर्यो पहिलो हिउँदे वर्षा

पुस ९ काठमाडौं ।
यस वर्ष काठमाडौं उपत्यकामा पहिलो हिउँदे वर्षा भएको छ।

मौसम पूर्वानुमान महाशाखाको अनुसार पश्चिमी वायुको प्रभावले पानी परेको बताएका छन्। पानी परेसँगै चिसो बढेको छ।

यो प्रणालीको प्रभाव सबैभन्दा बढी पश्चिम नेपालका भूभागमा परेको छ। महाशाखाका अनुसार राति र बिहान उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने र अन्य केही क्षेत्रमा हल्का वर्षा हुनसक्ने सम्भावना छ।

सोमबार साँझदेखि सुदूरपश्चिम प्रदेशमा बदली भएकामा विस्तारै मुलुकभरि यो प्रणालीको प्रभाव पर्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *