प्रधानमन्त्री ओली र पाकिस्तानका राजदूत हस्मी बिच भेट

पुस ९ काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि पाकिस्तानका राजदूत एब्रार एच हस्मी बिच आज शिष्टाचार भेटघाट भएको छ।

आज प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुई पक्षीय सम्बन्ध र हितका विविध विषयहरु पर्यटन, व्यापार, ऊर्जा, कृष, उर्जा, शिक्षा र संस्कृति आदिमा हुँदै आएको सहयोग अभिवृद्धि गर्ने विषयमा छलफल भएको प्रधानमन्त्री सचिवायले जनाएको छ।

भेटका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई सक्रिय बनाउन अध्यक्ष मुलुकको नाताले आफूहरूले पहल गरिरहेको बताएका छन्।

ओलीले कुनै दुई मुलुक बिचमा आपसी समस्या हुन सक्ने भए पनि त्यसको प्रतिकूल प्रभाव सार्कजस्ता क्षेत्रीय सङ्गठनमा पर्न नहुनेमा जोड दिँदै ‘सबैसँग मित्रता र छैन कसैसँग शत्रुता’ भन्ने भावनाका साथ नेपालले सार्वभौम र स्वतन्त्र मुलुकका हिसाबले न्यायोचित राष्ट्रिय हितलाई ध्यानमा राखेर सम्बन्ध विस्तार र सहकार्य गर्दै आएको स्पष्ट गरेका छन्।

राजदूत हस्मीले आफूहरू पाकिस्तानमा सार्क शिखर सम्मेलन आयोजना गर्न तत्पर रहेको अवगत गराउँदै आगामी दिनमा नेपालसँग विविध विषयमा थप सहकार्य गर्न इच्छुक रहेको भेटमा बताएका छन्।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *