आज बढ्यो सेयर बजार


पुस ८ काठमाडौं ।
आज साताको दोस्रो दिन सेयर बजार बढेको छ।

आज सेयर बजार २८.९१ अंक र बजार १.११ प्रतिशतले बढेको हो। सेयर बजार कारेबार भने २६१२.२० बिन्दुमा पुगेर रोकिएको छ।

आज सोमबार म्युचअल फन्डबाहेक सबै उपसूचकमा वृद्धि भयो। सबैभन्दा धेरै जलविद्युत्, उत्पादन र प्रशोधन क्षेत्रको मूल्य बढेको छ। जलविद्युत् क्षेत्रको मूल्य २.६५ प्रतिशतले बढेको हो।

आज दिनभरि जसो उतारचढाव देखिएको सेयर बजार अन्तिममा उचालिएको हो। कुल ३ सय २८ धितोपत्रको ५५ हजार ९ सय ३८ करोबारबाट ८९ लाख ८ हजार ८ सय ५१ कित्ता सेयर किनबेच भएको छ। भने ४ अर्ब ४३ करोड २४ हजार ६ सय ३ रुपैयाँ बराबर कारोबार भएको छ।

आज तीन धितोपत्रको कारोबारमा सकारात्मक सर्किट लाग्यो भने अन्य धितोपत्रको समेत सर्किट लेभलमा कारोबार भएको छ। सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था, सुपर मादी हाइड्रोको मूल्य १० प्रतिशत र बाराही हाइड्रो पावरको मूल्य ९.९ प्रतिशतले बढ्यो।

बलेफी हाइड्रो, नेपाल हाइड्रो डेभलपर्स सहित धितोपत्रको समेत मूल्य ९ प्रतिशतभन्दा माथि वृद्धि भयो। मानुषी लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशतले गुमाएको छ।

कर्पोरेट विकास बैंक, पिपुल्स पावर, ग्लोबल आईएमई ब्यालेन्स्ड फन्डसहित धितोपत्रको मूल्य समेत सोमबार घटेको छ। आज जानकी फाइनान्सको सबैभन्दा धेरै कारोबार भएको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *