पुस २ काठमाडौं ।
बम विस्फोटमा परी रूसी सैनिकका एक वरिष्ठ अधिकारीको मृत्यु भएको छ।
समाचार संस्था रोयटर्सको अनुसार रुसको राजधानी मस्कोमा बम विस्फोट हुँदा सेनाको आणविक सुरक्षा बलका प्रमुख लेफ्टिनेन्ट जेनेरल आइगर किरिलोभ मारिएको जनाएको हो।
प्रमुख लेफ्टिनेन्ट जेनेरल आइगर किरिलोभको क्रेमलिन बाट सात किलोमिटर टाढा रहेको रियाजान्स्कीस्थित एक अपार्टमेन्ट बाहिर स्कुटरमा लुकाएर राखिएको बम विस्फोट हुँदा मृत्यु भएको जनाएको हो।
जाँच कमिटीले प्रमुख लेफ्टिनेन्ट जेनेरल आइगर किरिलोभ सँगै उनका सहयोगीको पनि विस्फोटमै परी मृत्यु भएको जनाएको छ।
Post Views: 52