सेयरबजार परिसूचक (नेप्से) घट्यो

पुस १ काठमाडौं ।
सेयरबजार परिसूचक (नेप्से) घटेको छ। साताको पहिलो कारोबार नेपाल स्टक एक्सचेञ्ज परिसूचक (नेप्से) घटेको हो।

गत बिहीबार २६८२ अंकमा बन्द भएको बजार सोमबर ५१.५७ अंक (१.९१ प्रतिशत) ले घटेर २६३०.९१ अंकमा झरेको हो।

सरकार ढल्ने हल्ला तथा सेयरबजारमा नयाँ सेयरको आपूर्ति बढ्ने डरका बीच बजार घटिरहेको हुनसक्ने स्टक ब्रोकर्स एसोसियसनका पूर्वअध्यक्ष सन्तोष मैनालीले बताए।

सोमबार नेप्से परिसूचक मात्रै होइन, कारोबार रकम पनि सीमान्त रूपमा घटेको छ।

सोमबार कारोबारमा आएका उपसूचकमध्ये सबै घटेका छन। सबैभन्दा उच्च दरले फाइनान्स कम्पनीहरूको उपसूचक ४.४१ प्रतिशतले घटेको छ।

ट्रेडिङ उपसूचक ३.५५ प्रतिशतले घटेको छ। कुल २ सय २७ कम्पनीको सेयर मूल्य घट्दा १५ को भने बढेको छ।

सेयर बजारमा उच्च गिरावट आउँदा पनि कुथेली बुखारी साना जलविद्युत् आयोजनाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर ३३ रुपैयाँ पुगेको छ।

त्यस्तै जोशी जलविद्युत् कम्पनीको सेयर मूल्य ९.४० प्रतिशतले बढेको छ। जानकी फाइनान्स कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै घटेको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *