मंसिर २९ काठमाडौं ।
नेपाललाई विश्व बैंकले साढे १३ अर्ब ऋण दिने भएको छ।
नेपाललाई विश्व बैंकले साढे १३ अर्ब रूपैयाँ (१० करोड डलर) बराबरको ऋण दिने भएको हो।
विश्व बैंकको १२ डिसेम्बरमा बसेको सञ्चालक समितिको बैठकले डेभलपमेन्ट पोलिसी अपरेसन (डिपिओ) आयोजना अन्तर्गतको यस्तो ऋण स्वीकृत गरेको हो।
हरित, उत्थानशील र समावेशी विकासको लागि यस्तो ऋण दिन लागेको हो। हाल नेपालमा हरित, उत्थानशील र समावेशी विकास (ग्रिड) कार्यक्रम सञ्चालनमा छ।
नेपाललाई अझै बढी उत्थानशील बनाउन तथा दिगोपन हासिल गर्न यो डिपिओ श्रृंखलाले उत्प्रेरकको काम गर्ने गरेको छ।
Post Views: 43