सगरमाथा क्षेत्रमा जनवरीदेखि व्यावसायिक हेलिकप्टर उडानमा रोक

मंसिर २६ काठमाडौं ।
सगरमाथा क्षेत्रमा जनवरीदेखि व्यावसायिक हेलिकप्टर उडानमा रोक लगाएको छ।

सरकारले जनवरी १ (पुस १७) देखि लागू हुने गरि सगरमाथा निकुञ्ज क्षेत्रमा व्यावसायिक हेलिकप्टर उडानमा रोक लगाएको हो।

निकुञ्ज, खुम्बु पासाङल्हामु गाउँपालिका, सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति तथा सुम्बु क्षेत्रमा रहेका स्थानीय सरोकारवाला सरकारी, गैर–सरकारी संघ, संस्थाहरूको बैठकले उक्त निर्णय गरेको हो।

बुधबार सगरमाथा राष्ट्रिय निकुञ्जले उक्त निर्णय गरेको जानकारी गराउँदै सबै हेलिकप्टर कम्पनीलाई पत्र पठाएको छ।

निर्णय अनुसार अब व्यावसायिक रूपमा सञ्चाचालन हुने हेलिकप्टर उडान गर्न पाइने छैन। भने पर्यटक तथा स्थानीयको उद्दार र मालसामान ढुवानीका लागि प्रयोग गरिने उडान मात्र हुने छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *