सिरियामा बढ्दो विद्रोही, राष्ट्रपति असदले छाडे राजधानी

मंसिर २३ काठमाडौं ।
सिरियामा विद्रोहीहरु बढ्दो केही वर्षयताकै भयानक आक्रमण सुरु भए संगै राष्ट्रपति असदले राजधानी छाडेका छन्।

सिरियाका विद्रोही समूह राजधानी दमास्कस कब्जा गर्ने उद्देश्यले उत्तर दक्षिण तर्फबाट अगाडि बढेका छन्। यस आक्रमणबाट राष्ट्रपति बसर अल असदलाई ठूलो झड्का लागेको ठानिएको छ।

बीबीसीको सहयोगी सीबीएसका अनुसार राजधानी दमस्कि अब विद्रोहीको अधिनमा रहेको एक उपनगर जस्तो बन्ने देखिएको छ। विद्रोहीको आक्रमण तीव्र भएपछि राष्ट्रपति असदले राजधानी छाडेका हुन्।

यसैबीच इजरायलले सिरियाले विद्रोहीहरुको आक्रमण विफल बनाउन सैन्य सहयोग गरेको जनाएको छ।
विद्रोहीहरु प्रमुख शहरहरु कब्जा गर्दै राजधानी प्रवेश गरेपछि सिरियाका राष्ट्रपति बसर अल असद राजधानी दमास्कस छाड्न बाध्य भएका छन्।

सोसल मिडिया ट्रुथको अनुसार उनी रुस वा इरानतर्फ प्रस्थान गरेको अनुमान छ। विद्रोहीहरु देशका प्रमुख शहर कब्जा गर्दै राजधानी प्रवेश गरेपछि असदले राजधानी छाडेका थिए।

विद्रोही समूह एचटीएसले सिरियामा असद परिवारको ५० वर्ष लामो शासन अन्त्य भएको र नयाँ दिन सुरु भएको जनाएको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *