मंसिर २३ काठमाडौं ।
आज सेयर बजारमा उच्च गिरावट देखिएको छ।
अघिल्लो दिनको कारोबार तुलनामा उच्च गिरावट भए संगै नेप्से परिसूचक ४५.९३ अंकले घटेको हो।
सेयर बजारमा उच्च गिरावट हुँदा नेप्से २६८९ मा कायम भए पछि कारोबार रकम घटेको छ। अघिल्लो दिन ८ अर्ब ३६ करोडको कारोबार भएकोमा आज ७ अर्ब ४६ करोडको भएको छ।
कुल २७ कम्पनीको मूल्य बढ्दा २१४ को घट्यो भने ३ को स्थिर रह्यो। लाइफ इन्स्योरेन्स सबैभन्दा धेरै ३.०७ प्रतिशत घट्यो। यस संगै सबै सेक्टरका सूचक घटेका छन्।
हाइड्रोपावर १.९८, लगानी १.३३, उत्पादन ०.३२, माइक्रोफाइनान्स १.५०, बैंकिङ १.८६, विकास बैंक १.०४, फाइनान्स १.८४, होटल तथा पर्यटन १.८१, निर्जीवन बीमा ०.८३, अन्य ०.८१ तथा व्यापार समूह २.१३ प्रतिशत घटेको छ।
दोल्ती पावरको ८.७७, स्वाभिमान लघुवित्तको ७.८९, मोलुङ हाइड्रोपावरको ६.५ प्रतिशत खानीखोला हाइड्रोपावरको मूल्य १० प्रतिशत मूल्य बढ्यो।
दिव्यश्वरी हाइड्रोको ७, सुपरमादी हाइड्रोपावरको ६.८८ तथा सान्जेन जलविद्युत्को ६.६८ प्रतिशत मूल्य घट्यो। भने लाइफ इन्स्योरेन्स कर्पोरेसन, मानुसी लघुवित्त, जोशी हाइड्रोपावर र सामुदायिक लघुवित्तको मूल्य १० प्रतिशत घट्यो।
कारोबार रकमका आधारमा नेपाल फाइनान्स, रिभर फल्स पावर, एनआरएन इन्फ्रास्ट्रक्चर, खानीखोला हाइड्रोपावर र बेस्ट फाइनान्स क्रमशः अगाडि रहेको छ।