विवाहपञ्चमी महोत्सवको लागि अयोध्याबाट जन्ती आइपुग्यो जनकपुरधाम

मंसिर १८ काठमाडौं ।
विवाहपञ्चमी महोत्सवको लागि अयोध्याबाट जन्ती जनकपुरधाम आइपुगेको छ।

सीताराम विवाहपञ्चमी महोत्सवको लागि भारत उत्तर प्रदेशको अयोध्याबाट जन्ती आज जनकपुरधाम आइपुगेको हो।

मंसिर १२ गते अयोध्या बाट हिडेको जन्ती हिजो सोमबार राति महोत्तरीको मटिहानीमा आइपुगेर बास बसेका जन्ती आज बिहान त्यहाँबाट जनकपुरका लागि हिडेको थियो।

करिब पाँच सय साधुसन्त सहभागी जन्ती आज अपराह्न जनकपुरधाम आइपुगेको हो। जन्ती चारदिनसम्म जनकपुरधाममा बास बस्ने छन्। उनीहरुको बास र भोजनको सम्पूर्ण व्यवस्था गरिएको जानकी मन्दिरका सह महन्त रामरोशन दासले बताएका छन्।

पाँच वर्षको अन्तरालमा विवाहपञ्चमी महोत्सवमा अयोध्याबाट आउने साधुसन्तको जन्ती यसपटक पनि आएका छन्। मंसिर १६ गतेदेखि सुरु भएको सप्ताहव्यापी विवाह पञ्चमी महामहोत्सव मंसिर २२ गतेसम्म चल्ने छ।

 

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *