मंसिर ९ काठमाडौं ।
स्थानियतह उपनिर्वाचनमा सेना परिचालन गर्ने भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत बिहीबार मन्त्रिपरिषद्को निर्णय अनुसार सेना परिचालनका लागि स्वीकृति दिन सिफारिस गरेका थिए।
राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिएका हुन्। राष्ट्रपति कार्यालयको अनुसार संविधानको धारा ६६ को उपधारा (२) बमोजिम सेना परिचालनका लागि स्वीकृति प्रदान गरिएको जनाएको छ।
आगामी मंसिर १६ गते हुन लागेको उपनिर्वाचनलाई सुरक्षित, भयरहित, निष्पक्ष एवम् शान्तिपूर्ण रूपमा सम्पन्न सेना परिचालनका लागि मन्त्रिपरिषद्ले सिफारिस गरेको राष्ट्रपति कार्यालय बाट जारी विज्ञप्तिमा उल्लेख छ।
Post Views: 55