जलवायु परिवर्तन सम्बन्धी सबैभन्दा ठूलो बहस कोप–२९ मा हुने

कात्तिक २८ काठमाडौं ।
जलवायु परिवर्तन सम्बन्धी सबैभन्दा ठूलो बहस कोप–२९ मा हुँदै छ।

विश्वव्यापी तापमान वृद्धिलाई रोक्ने उद्देश्यले विश्वभरका नेताहरू संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सबैभन्दा ठूलो बैठक अर्थात् कोप–२९ मा भेला भएका छन्।

जलवायु परिर्वतन सिर्जित प्रभावका कारण हुने क्षतिबाट बँच्नका लागि कोप–२९ ले मद्दत मिल्ने अपेक्षा राखिएको छ। अजरबैजानमा सुरु भएको जलवायु सम्मेलनको मुख्य उद्देश्य पर्यावरणमा नोक्सानी पु¥याउने हरितगृह ग्यास उत्सर्जनलाई रोक्न गरीब देशहरूका लागि कसरी अधिकतम् रकम जुटाउने भन्नेमा सहमति जुटाउनुरहेको जनाएको छ।

कोप–२९ को आयोजना गरेको अजरबैजान मानव अधिकार उल्लंघनको मामिलामा अनुसन्धानको दायरमा रहेको छ।
संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको २९ औँ बैठक, कोप–२९ जलवायु परिवर्तनको मुद्दामा सबैभन्दा महत्वपूर्ण बैठक मध्ये एक हो।

कोप अर्थात् सीओपीको पूरा रूप ‘कन्फरेन्स अफ पार्टिज’ हो। यसमा संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन ढाँचा महासन्धिमा हस्ताक्षर गरेका देशहरू सहभागी छन्। नोभेम्बर ११ बाट सुरु यो बैठक नोभेम्बर १२ सम्म चल्दैछ।

 

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *