कात्तिक १० काठमाडौँ ।
नेपाल जलवायु परिवर्तनको असरबाट बढी जोखिममा रहेको वातावरण क्षेत्रका विज्ञहरुले बताएका छन्।
संरक्षण समूह नेपाल (कन्जरभेशन अलाइन्स नेपाल) द्वारा आयोजित एक समारोहमा जलवायु परिवर्तनमा नेपालको योगदान नगण्य भए पनि यसका असरबाट बढी पीडित नेपाल हुनुपरेको उल्लेख गरेका छन्।
कार्यक्रममा वन तथा वातावरण राज्यमन्त्री रुपा विकले नेपालको भूगोल जोखिमयुक्त रहेको र पछिल्लो समय जलवायुका असरबाट सिर्जित विपद् व्यहोर्नुपरेको उल्लेख गर्दै यस्ता विषय अन्तर्राष्ट्रिय मञ्चहरुमा प्राथमिकताका साथ उठाउने बताउनु भएको छ।
साथै उनले आगामी नोभेम्बर ११ देखि २२ तारिखसम्म अजरबैजानको बाकुमा हुने जलवायु सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२९) मा नेपालले जलवायुको न्याय र क्षतिपूर्तिका लागि उठाउनुपर्ने विषयको तयारी भइरहेको जानकारी गराउनु भएको छ।
Post Views: 49