धरहरा अस्थायी रूपमा असोज ३ गतेदेखि सञ्चालन हुने

भदौ २८ काठमाडौं ।

मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार असोज ३ गतेदेखि सरकारले धरहरा अस्थायी रूपमा सञ्चालनमा ल्याउने भएको छ।

बैठकले संविधान दिवस (असोज) को अवसर पारेर धरहरा सर्वसाधारणका लागि अस्थायी रूपमा खुला गर्ने र सञ्चालनको जिम्मा सहरी विकास मन्त्रालयलाई दिने तयारी गरेको जनाएको छ।

२०७२ वैशाख १२ गतेको भूकम्पले भत्किएको धरहरा भीमसेन स्तम्भको नामले समेत परिचित धरहराको भग्नावशेष अहिले निर्मित धरहराभन्दा पछाडि देख्न सकिन्छ। उक्त भग्नावशेषलाई सिसाले छोपेर सर्वसाधारणले देख्न सकिने गरी राख्ने सरकारको तयारी छ।

यस अघि २०७८ वैशाख ११ गते धरहराको स्तम्भ निर्माण गरिसकिएको भए पनि भूमिगत पार्किङ लगायतका संरचना भने बनाउन बाँकी हुँदा नै प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको उद्घाटन गरेका थिए।

यसअघि ९ तले रहेकामा अहिले धरहरा २२ तले छ। लिफ्टको प्रयोग गरेर माथि जान सकिने व्यवस्था मिलाइएको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *