कैलालीका थारू समुदायमा अटवारी पर्वको चहलपहल

भदौ २३ काठमाडौं ।
कैलालीका थारू समुदायको बाहुल्य गाउँ तथा बस्तीमा अटवारी पर्वको चहलपहल बढेको छ।

कृष्ण जन्माष्टमी पछिको दोस्रो आइतबारका दिन मनाइने यो पर्वका अवसरमा विभिन्न परिकार पकाउनुको साथै अन्य सांस्कृतिक कार्यक्रमको तयारीका लागि चलहपहल भइरहेको छ।

यस पर्वको अवसरमा सुकेको माछा, खरिया, सिद्रा, अण्डी चामलको भात, रोटी, फुलौरी लगायत स्थानीय खानाका विभिन्न परिकार बनाउने गरिन्छ। थारू समुदायका स्थानियले थारू समुदायमा विशेष रूपमा मनाइने यस पर्वको अन्तिम तयारी भइरहेको बताए।

“यस पर्वमा परम्परागत प्रजातिको धान अण्डी धानको चामलबाट विभिन्न खानाका परिकारहरू तयार पार्ने गरिन्छ तर उक्त धान भने लोपोन्मुख अवस्थामा छ। दुई दिनसम्म मनाइने यस पर्वमा आइतबारको अघिल्लो दिन राति व्रतालुहरूले दर खाने चलन छ।

पर्वको पहिलो दिन आज व्रतालुहरू पानीसमेत नखाई निराहार व्रत बस्ने र नजिकैको नदी, पोखरी वा तलाउमा स्नान गरी पूजाआराधना गर्ने गर्दछन्। यसरी पूजाआराधना गरिसकेपछि घरमा तयार गरिएका अन्नका परिकार तथा फलफूलबाट एक भाग निकालेर घरका विवाहित छोरीलाई छुट्याई सकेपछि मात्रै व्रतालुहरूले खाने गर्दछन्।

यस्तै, अट्वारी पर्वको दोस्रो दिन अर्थात् सोमबार बिहानै व्रतालुहरू स्नान गरी पुनः पूजाआराधना गर्दछन्। गुइँठाको आगो बाली घ्यू र सल्लाको काठका टुक्राहरू हाली पूजा गरिसके पछि अटवारी पर्वको समापन हुन्छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *