भोजपुर सत्ता गठबन्धनको सभास्थल नजिकै बम विस्फोट

काठमाडौं, ३० कार्तिक
भोजपुरको पौवादुङ गाउँपालिका–२ को तिवारी भन्ज्याङमा सत्ता गठबन्धनको चुनावी सभास्थल नजिकै बम विस्फोट भएको हो ।

सत्तारुढ गठबन्धनले सभा गरेको ठाउँ भन्दा २०० मिटर टाढा एउटा होटलको अगाडि विस्फोट भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी शरद थापाले जानकारी दिए । विस्फोटमा परेर १ जना घाइते भएका छन् । घाइतेको खुट्टामा चोट लागेको छ । यसबारेमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्ककमल दाहाल प्रचण्डसमेत सहभागी हुने तय भएको उतm कार्यक्रमस्थलमा नपुग्दै बम विस्फोट भएको हो ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *