तोसिमा कार्कीको उम्मेदवारी कायमै रहने

काठमाडौं, कात्तिक २८

राष्ट्रिय स्वतन्त्र पार्टी बाट ललितपुर क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा उम्मेदवार रहेकी डा. तोसिमा कार्कीको उम्मेदवार कायम रहने भएको छ ।

निर्वाचन आयोगले दर्ता गरेको मुद्दामा सर्वोच्च अदालतले आज आदेश दिँदै तोसिमाको उम्मेदवारी कायमै रहेको बताएको हो । सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले तोसिमाको उम्मेदवारी कायमै रहने जानकारी दिए ।

निर्वाचन आयोगले तोसिमा कार्कीको उम्मेदवारी कायम राख्न अन्तरिम आदेश खारेजीका लागि सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो ।
मेडिकल काउन्सिलबाट भत्ता मात्रै प्राप्त हुने हुँदा त्यस पदबारे निर्क्यौलका लागि कार्कीले आयोगमा भदौ २८ मा निवेदन दिएकी थिइन् । आयोगले त्यस निवेदन उपर कुनै सुनुवाइ नगरी आफू विरूद्धको उजुरीको आधारमा उम्मेदवारी खारेज गरेर अन्याय गरेको भन्दै कार्की सर्वोच्च पुगेकी थिइन्।

नेपाल मेडिकल काउन्सिलको सदस्यको रूपमा बैठक भत्ता लिने गरेको आधारमा लाभको भन्न नमिल्ने भन्दै उम्मेदवारी कायमै राख्न सर्वोच्चले अन्तरिम आदेश दिएको थियो । कात्तिक १५ मा न्यायाधीश कुमार चुडालको एकल इजलासले कार्कीको उम्मेदवारी कायम रहने अन्तरिम आदेश सुनाएको थियो ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *