राज्यले फन्ड गरेर निर्वाचनमा सहभागिता बढाउनु पर्छ: निर्वाचन आयुक्त

मंसिर ११ काठमाण्डौ l

निर्वाचन आयोग नेपालले कुपन्डोल स्थित हिमालय होटलमा “चौथो प~च वर्षीय रणनीतिक योजना सम्बधमा सरोकारवालासंग अन्तर्क्रिया कार्यक्रम” सम्पन्न गरेको छ l

कार्यक्रममा सम्बोदन गर्नुहुदै माननीय आयुक्त डा. राजिब सुब्बाले राज्यले फन्ड गरेर भए पनि निर्वाचनमा दलित महिला, राउटे र मुसहर समुदायको पहुँच बढाउनु पर्ने बताउनु भएको छ l

स्थानीय तहमा निर्वाचन हुँदा वडामा एक दलित र खुल्ला महिला अनिवार्य सहित ५ सदस्य वडा सरकार र प्रमुख वा उपप्रमुखमा एक महिला अनिवार्य हुनु पर्ने संबैधानिक वाध्यताको कारण पनि स्थानीय तहको निर्वाचन नजिकै गर्दा राज्यले फन्ड गरेर सहभागिता गराउने कुरा  महत्वपूर्ण रूपमा बुझ्न सकिन्छ l

विभिन्न पार्टीका प्रतिनिधि, पत्रकार, विश्वविद्यालयका प्रोफेसर, अन्य संघ संस्थाको प्रतिनिधिहरु सहित सहभागी भएको कार्यक्रममा विशेष गरी विदेशमा रहेका नागरिकलाई कसरि मतदानमा सहभागी गराउने र नेपालमा पनि अन्तर भूगोल मतदान कसरी गर्न सकिन्छ भन्ने सन्दर्भमा गहन छलफल भएको छ l

जनसंख्यामा महिला बढी भएता पनि मतदान हुँदा कसरी पुरुष भन्दा महिला कम छन् र उनीहरूकाे सहभागिता बढाउन सकिन्छ भन्ने विषयमा गहन छलफल भएको छ l

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *