बन्दीपुरमा पर्यटकको चाप बढ्दो

कात्तिक ३० काठमाडौं ।

बन्दीपुरमा स्वदेशी तथा विदेशी पर्यटकको चाप बढेको छ ।

तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा चाडपर्वको बिदा र पर्यटकीय याम सुरु भएसँगै पर्यटकको आगमन बढेको हो ।

पर्यटकको आगमन बढेसँगै बन्दीपुर बजारका होटल तथा घरबास भरिभराउ भएका छन्।

पर्यटकको चाप बढ्दा बन्दीपुरमा कोठा नपाए पछि कतिपय पर्यटक नजिकैको डुम्रे बजारसम्म पुग्नुपर्ने अवस्था रहेको स्थानीय व्यवसायीले बताएका छन् ।

अहिले बन्दीपुरमा पर्यटकको चाप थामिनसक्नु भएको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष राजु बानियाँले बताएका छन् ।

बानियाँको अनुसार चाडपर्वका कारण लामो बिदा हुनु र पर्यटकीय याम सुरु हुनुले स्वदेशी तथा विदेशी पर्यटकको आगमन बढेको बताएका छन् ।

बन्दीपुरका होटल तथा होमस्टेमा गरी करिब १ हजार ४०० जनालाई बास बसाउने क्षमता रहे पनि करिब ८० वटा होटल र ४ वटा होमस्टे सञ्चालनमा रहेको बताएका छन ।

होटल र होमस्टे भएता पनि पानीको समस्याका कारण होटलहरुले आफ्नो पूर्ण क्षमता अनुसार पर्यटक राख्न नसकेको अध्यक्ष बानियाँले बताएका छन् ।

पर्यटकको चाप बढे पनि पानीको अभावले होटल सञ्चालन र पर्यटक व्यवस्थापनमा असर पारेको बानियाँको भनाइ छ ।

होटल व्यवसायी वैशबहादुर गुरुङले चाडपर्वको बिदाका कारण बन्दीपुरमा पर्यटकको आगमन बढेको बताएका छन् ।

गुरुङको अनुसार बिदाको समयमा घुमफिरका लागि उपयुक्त हुने भएकाले परिवार र साथीभाइसँग आउने आन्तरिक पर्यटकको सङ्ख्या बढेको बताएका छन् ।

बन्दीपुर प्राकृतिक सौन्दर्य, मौलिक संस्कृति, ऐतिहासिक बजार र हिमशृङ्खलाको दृश्यावलोकनका लागि पर्यटकको रोजाइमा पर्दै आएको छ ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *