कात्तिक ३० काठमाडौं ।
आज छठ पर्वको अन्तिम दिन उदाउँदो सूर्यलाई अघ्र्य दिएर समापन गरिएको छ ।
चार दिनसम्म विभिन्न विधिपूर्वक मनाइने छठको अन्तिम दिन आज बिहान उदाउँदो सूर्यलाई विधिपूर्वक पूजा–आराधना गरी समापन गरिएको छ ।
छठको अन्तिम दिन विभिन्न नदी, पोखरी तथा जलाशय किनारमा अघ्र्य दिन व्रतालु तथा श्रद्धालुहरूको ठुलो घुइँचो लागेको हो ।
कात्तिक शुक्ल षष्ठीका दिन हिजो निराहार व्रत बसेका व्रतालुहरूले बेलुकी अस्ताउँदो सूर्यलाई पूजा–आराधना गरी अघ्र्य अर्पण गरेका थिए ।
हिजो साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिएपछि रातभर जलाशय किनारमै जाग्राम बसेका व्रतालुहरूले आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर पर्वको समापन गरिएको छ ।
यससँगै चार दिनसम्म विभिन्न विधिपूर्वक मनाइने छठ पर्वको आज औपचारिक समापन भएको छ । भने छठ पर्वका अवसरमा तराई–मधेससँगै काठमाडौँ उपत्यका र देशका अन्य विभिन्न स्थानका नदी, पोखरी तथा जलाशय किनारहरूलाई दुलहीझैँ सिँगारेर झकिझकाउ बनाइएको छ ।
