परराष्ट्रमन्त्री खनाल र भारतीय राजदूत दलेला बीच भेट

कात्तिक ३० काठमाडौं ।

परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय राजदूत सुधाकर दलेला बीच शिष्टाचार भेट भएको छ ।

परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेलाले शिष्टाचार भेट गरेका हुन् ।

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको शिष्टाचार भेटका क्रममा परराष्ट्रमन्त्री खनालले राजदूत दलेलालाई नेपालका लागि भारतको राजदूत नियुक्त भएकोमा बधाई दिएका छन् ।

मन्त्री खनालले राजदूत सुधाकर दलेलालाई सफल र फलदायी कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

भेटका अवसरमा नेपाल–भारत दुवै देशबीच रहि आएको लामो समय देखिको मैत्रीपूर्ण सम्बन्ध, सहकार्यलाई थप सुदृढ बनाउने लगायत विभिन्न पक्षमा छलफल भएको सचिवालयले जनाएको छ ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *