तीन देशका राजदूतले लिए राष्ट्रपति समक्ष शपथ

कात्तिक ३० काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेल समक्ष तीन देशका राजदूतले शपथ लिएका छन् ।

सरकारको सिफारिसमा भारतका लागि डा. निश्चलनाथ पाण्ड, चीनका लागि डा. कल्याणराज शर्मा र इजरायलका लागि सुरेशकुमार कर्णलाई आवासीय राजदूत नियुक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले सरकारको सिफारिसमा विभिन्न तीन देशका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेका हुन् ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा उनीहरूलाई नियुक्त गरेको राष्ट्रपति स्रोतले जनाएको छ ।

राष्ट्रपति पौडेलले आजै उनीहरूलाई शीतल निवासमा एक समारोहका बीच पद तथा गोपनीयताको शपथ समेत खुवाएका छन् ।

२ असोजमा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १३ वटा देशका राजदूत नियुक्त गर्नका लागि सिफारिस गरे पनि संसदीय सुनुवाइ समितिले १३ जना मध्ये १० जनाको नाम अनुमोदन गरेको थियो ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *