भदौ २८ काठमाडौं ।
मुस्ताङ भन्सार कार्यालय बाट एक अर्ब बढी राजस्व संकलन गरेको छ ।
नेपाल–चीन उत्तरी कोरलाना कास्थित लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट १५ दिनमै रु. १ अर्ब ७८ करोड ४४ लाख राजस्व सङ्कलन भएको हो ।
रसुवाको भोटेकोशीमा गएको बाढीका कारण रसुवागढी–केरुङ नाका पूर्ण रूपमा बन्द भएसँगै मुस्ताङ भन्सार कार्यालयमा चीनबाट माल वस्तुको पैठारी ह्वात्तै बढेको छ ।
रसुवागढी–केरुङ नाका र तातोपानी नाका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङको कोरलानाका बाट चिनियाँ मालवस्तु आयत उल्लेख बढेको भन्सार प्रमुख बिदुर चुडालले बताएका छन् ।
मुस्ताङ भन्सार कार्यालयले एकै दिन रु.२७ करोड ११ लाख राजस्व सङ्कलन गरेको जनाएको छ । भदौ २२ पछि मुस्ताङ भन्सार बाट दैनिक औसत रु. ३० करोड हाराहारीमा राजस्व सङ्कलन हुने गरेको प्रमुख चुडालको बताएका छन् ।
रसुवागढी नाका बन्द भएको भदौ १० गते पछि भदौ २५ गते शुक्रबारसम्म कोरलानाका बाट नेपाल भित्रिएका ४३४ वटा कन्टेनर र ६४१ वटा विद्युतीय सवारीसाधनको भन्सार कार्यालयमा जाँच पास गराइएको चुडालले बताएका छन् ।
चालु आव २०८३,८४ को साउनदेखि भदौ २५ गतेसम्म कोरलानाका हुँदै नेपाल भित्रिएका कन्टेनर र विद्युतीय सवारीसाधनको भन्सार जाँच पास गरिँदा रु. २ अर्ब ३१ करोड ४४ लाख राजस्व सङ्कलन भएको भन्सार प्रमुख चुडालले बताएका छन् ।