भदौ २५ काठमाडौं ।
उद्योगमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्।
यादवले प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा बुझाएकी हुन् ।
संसदीय समितिमा ग्यास उद्योगीहरुलाई मन्त्री यादवले पाता फर्काउनुपर्ने विवादास्पद अभिव्यक्ति दिएकी थि
इन् ।यादवको अभिव्यक्तिप्रति उद्योगीहरूले आपत्ति जनाउँदै प्रधानमन्त्रीसमक्ष समेत ध्यानाकर्षण गराएका थिए ।
काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासको चरम हाहाकार भएको बेला यादवले आज पद बाट राजीनामा दिएको छन् ।
उपभोक्ताहरू एउटा सिलिन्डर ग्यास पाउन दिनरात लाइनमा बस्न बाध्य भएको र अर्कोतिर ग्यास पाइहाले पनि २ हजार ६० रुपैयाँ पर्ने ग्यासलाई ३ हजार रुपैयाँसम्म तिर्न बाध्य भएको जनगुनासो छ ।
नेपाल आयल निगम र उद्योग मन्त्रालय आफैंले पालैपालो ग्यास आइरहेको तथ्यांक सार्वजनिक गरे पनि सरकारले अनलाइनमा सार्वजनिक गर्ने तथ्यांकजस्तो बजारको अवस्था नरहेको जनाएको छ ।
बजार व्यवस्थापन र समस्या समाधानका लागि रातदिन खटेर काम गर्नुपर्ने मन्त्री यादवले भने समस्याको समाधान भन्दा पनि भड्कावपूर्ण अभिव्यक्ति दिएकै कारण उनले राजीनामा दिनुपरेको छ ।