भदौ १२ काठमाडौं ।
चीनको सिचूआनमा भूकम्प गएको छ ।
आज चीनको सिचुआन प्रान्तको लोङचाङ सहरमा ५.१ म्याग्निच्युडको भूकम्प गएको हो ।
चीनको भूकम्प नेटवर्क केन्द्रका अनुसार आज चीनको दक्षिण–पश्चिमी प्रान्त सिचुआनमा ५.१ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ ।
भूकम्प सिचुआनको लोङचाङ सहरमा गएको जुन नेपाल–तिब्बत सीमा नजिकैको बाढी प्रभावित क्षेत्रभन्दा सयौँ माइल टाढा गएको र भूकम्प बाट तत्काल कुनै हताहती वा ठूलो क्षतिको विवरण प्राप्त नभएको जनाएको छ ।
सीमा क्षेत्रमा आएको विनाशकारी बाढी र पहिरो पछि तिब्बत र नेपालमा उद्धार तथा राहत कार्य जारी रहेकै बेला चीनको सिचुआनमा भूकम्प गएको जनाएको छ ।
चिनियाँ राष्ट्रपति सी चिनफिङले शुक्रबार तिब्बतमा भइरहेको उद्धार कार्यबारे शीर्ष अधिकारीहरू सँगको बैठकको अध्यक्षता गरेका छन् ।
अधिकारीहरूले हिमताल, हिमनदी र भौगर्भिक विपद् बाट निरन्तर जोखिम रहेको चेतावनी दिएका छन्, जसले गर्दा उद्धार कार्य थप जटिल बनिरहेको चीनको भूकम्प नेटवर्कले जनाएको छ ।
