वीरगञ्ज नाका हुँदै आयात हुने खाद्यान्नमा ६३ प्रतिशतले कमि

कात्तिक २९ काठमाडौं ।

वीरगञ्ज नाका हुँदै आयात हुने खाद्यान्नमा ६३ प्रतिशतले कमि भएको छ।

वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष २०८३, ८४ को पहिलो ३ महिनामा हुने खाद्यान्न आयात अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ६३ प्रतिशतले घटेको हो।

चालु आर्थिक वर्षको साउन देखि असोज सम्ममा चामल, मकै, गहुँ, धान, माल्ट, फापर, कोदो लगायत खाद्यान्न ३ करोड १६ लाख ४० हजार किलो आयात हुने वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ।

आर्थिक वर्षको सोही अवधिमा ८ करोड ७० लाख ४७ हजार किलो खाद्यान्न आयात भएको भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनालीले बताएका छन्।

चालु आर्थिक वर्षको पहिलो ४ महिनामा ६७ लाख ७३ हजार ६२९ किलो चामल आयात भएको छ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ९४ लाख एक हजार किलो चामल आयात भएको थियो। अघिल्लो वर्षको ८९ करोड ८१ लाख रुपैयाँ बाट घटेर चालु आर्थिक वर्षमा ७० करोड रुपैयाँमा झरेको छ।

अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासिकमा तीन करोड ९१ लाख किलो धान आयात भएकामा चालु आर्थिक वर्षको सोही अवधिमा ६९ लाख ३५ हजार ४६० किलो मात्रै आयात भएको जनाएको छ।

धान आयातको मूल्य अघिल्लो वर्ष १ अर्ब ४६ करोड २८ लाख रुपैयाँ रहेकामा चालु आर्थिक वर्षमा घटेर ३३ करोड ३५ लाख रुपैयाँमा सीमित भएको छ।

अघिल्लो आर्थिक वर्षको पहिलो ३ महिनामा ३ करोड ३६ लाख १२ हजार ८१० किलो मकै आयात भएकोमा चालु आर्थिक वर्षमा ६७ लाख ३६ हजार ४३७ किलो मात्रै आयात भएको छ।

अघिल्लो वर्षको १ अर्ब ८० करोड १३ लाख रुपैयाँ बाट घटेर ६० करोड ९८ लाख रुपैयाँमा झरेको भन्सार कार्यालयको तथ्याङ्कमा उल्लेख रहेको छ।

अघिल्लो आर्थिक वर्षको पहिलो ३ महिनामा २३ लाख ४१ हजार ६५५ किलो आयात भएकामा चालु आर्थिक वर्षको सोही अवधिमा घटेर १६ लाख ४० हजार ५५५ किलोमा सीमित भएको भन्सार कार्यालयले जनाएको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *