मुस्ताङ कोरलानाका बाट पाँच सय टन बढी फलफूल आयात

असोज २३ काठमाडौं ।

मुस्ताङ कोरलानाका बाट पाँच सय टन बढी फलफूल आयात भएको छ ।

नेपाल–चीन उत्तरी कोरलानाका बाट एघार दिनको अवधिमा ५४३ टन फलफूल आयात भएको छ ।

कोरलास्थित लोमान्थाङ–४ न्हेचुङस्थित क्वारेन्टाइन कार्यालयका अनुसार भारी वर्षा र हिमपातपछि कोरलानाका बाट उक्त परिमाणमा चिनियाँ फलफूल आयात भएको हो ।

पछिल्लो एघार दिनमा कोरलानाका हुँदै स्याउ ८७ दशमलव ३०० टन, आँप १६ दशमलव १०० टन र ड्रागन फ्रुट आठ दशमलव ३१६ टन चिनियाँ फलफूल नेपाल भित्रिएको क्वारेन्टाइन कार्यालयका प्राविधिक सहायक बन्दना घर्तीमगरले जानकारी दिएको छन् ।

भारी वर्षा र हिमपात पछि असोज ११ गते देखि बेनी–जोमसोम–कोरला नाका सडक पूर्ण रुपमा अवरुद्ध हुँदा कोरलानाका बाट नेपाल भित्रिएका चिनियाँ फलफूल जन्य मालवस्तु गन्तव्यतर्फ लैजान कठिनाइ भइरहेको बताएका छन् ।

आयात भएका चिनियाँ फलफूलजन्य मालवस्तु लामो समयसम्म कन्टेनरभित्र गुम्सिएर रहँदा सड्ने र बिग्रने जोखिमसमेत बढेको कार्यालय स्रोतले जनाएको छ ।

मुस्ताङको जोमसोममा एक कन्टेनर करिब रु. २४ लाख ५० हजार मूल्य बराबरको ड्रागन फ्रुट समयमै गन्तव्यमा पु¥याउन नसके पछि मुस्ताङको जोमसोममा स्थानीयलाई वितरण गरेको कम्पनीका प्रतिनिधि सुवास सुनुवारले जानकारी दिएका छन् ।

ड्रागनको मूल्य, कन्टेनर भाडा र भन्सार राजस्व गरी अनुमानित रु. ३० लाखको करिब ८ टन चिनियाँ ड्रागन फ्रुट कुहिनु भन्दा स्थानीयलाई वितरण गरेको सुनुवारले जानकारी दिएका छन् ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *