असोज १६ काठमाडौं ।
तनहुँमा चैते धान प्रवद्र्धन कार्यक्रमलाई आडि बढाईएको छ ।
तनहुँमा चैते धान खेती विस्तार, उत्पादन वृद्धिमा र धान प्रवद्र्धन कार्यक्रमलाई प्राथमिकता साथ अगाडि बढाइएको हो ।
जिल्लामा चैते धानको क्षेत्र विस्तार, उत्पादन वृद्धि तथा किसानलाई प्रविधिमैत्री खेतीतर्फ आकर्षित गर्ने उद्देश्यले कृषि विकास कार्यालयले विभिन्न कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।
जिल्लामा ३ हजार ८०५ रोपनी क्षेत्रफलमा चैते धान खेती गरिएको कार्यालयले जनाएको छ । भने जिल्लामा करिब ८८६ दशमलव ५६ मेट्रिक टन चैते धान उत्पादन भएको छ ।
कार्यालयका प्रमुख परशुराम अधिकारीका अनुसार चैते धान प्रवद्र्धनका लागि रु. ९५ लाख बजेट विनियोजन भएकामा रु. ८७ लाख ९७ हजार खर्च भएको जानकारी दिएका छन् ।
कार्यक्रममार्फत खेती विस्तारसँगै किसानलाई आवश्यक बीउ, कृषि सामग्री, यन्त्र उपकरण तथा सिँचाइ पूर्वाधारमा सहयोग गरिएको जनाएका छन् ।
चैते धानखेतीमा किसानको आकर्षण बढाउन कार्यालयले १३ वटा कृषक समूह तथा कृषि सहकारीलाई कृषि उत्पादन सामग्री तथा कृषि यन्त्र उपकरणमा अनुदान दिएको तथा कार्यक्रम अन्तर्गत ५ हजार ३१६ किलोग्राम धानको बीउ उपलब्ध गराइएको जनाएका छन् ।
कार्यालयले किसानलाई २ वटा मल्टिक्रप थ्रेसर, १ मिनीटिलर, ३ डिजिटल तराजु, १३ कम्बाइन मिल, ६ स्प्रेयर र ३४१ वटा त्रिपाल उपलब्ध गराइएको छ ।
धान रोपाइँदेखि कटानी तथा प्रशोधनसम्म किसानलाई सहज हुने गरी यन्त्र उपकरणमा किसानलाई सहयोग गरिएको अधिकारीले बताएका छन् ।
