असोज १५ काठमाडौं ।
हिमालय एअरलान्सले काठमाडौं–हाङझाउ–काठमाडौं नियमित उडान सुरु गरेको छ ।
हिमालय एयरलाइन्सले काठमाडौं–हाङझाउ–काठमाडौं रुटमा सिधा नियमित उडान सुरु गरेको हो ।
एयरलाइन्सले सेप्टेम्बर ३०, २०२६ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र चीनको हाङझाउ सियाओसान अन्तर्राष्ट्रिय विमानस्थल बीच नियमित उडान सञ्चालनमा ल्याएको जनाएको छ ।
उद्घघाटन उडान एच९–२२५ बुधबार साँझ ५ः३७ बजे काठमाडौं बाट हाङझाउका लागि उडेको कम्पनीले जनाएको छ।
उक्त विमान चीनको स्थानीय समय अनुसार अक्टोबर १ को बिहान १ः०८ बजे हाङझाउ पुगेको र हाङझाउ–काठमाडौंतर्फको एच९–२२६ उडान अक्टोबर १ मा चीनको स्थानीय समय अनुसार बिहान ३ः१८ बजे उडेर नेपाल समय अनुसार बिहान ६ः२८ बजे काठमाडौं अवतरण गरेको जनाएको छ ।
हिमालय एयरलाइन्सले काठमाडौं–हाङझाउ–काठमाडौं सेक्टरमा सिधा नियमित व्यावसायिक उडान गर्ने आफू पहिलो र एकमात्र एयरलाइन्स भएको दाबी गरेको छ ।
पर्यटन तथा आर्थिक केन्द्रसँग नेपालको सिधा हवाई सम्पर्क विस्तार गर्ने रणनीतिअन्तर्गत हाङझाउ रुट सुरू गरेको जनाएको छ ।
कम्पनीले दीर्घकालमा चीनका १० प्रमुख पर्यटन तथा आर्थिक केन्द्रसँग सिधा हवाई सेवा विस्तार गर्दै १० लाख चिनियाँ पर्यटक नेपाल भित्र्याउने लक्ष्य राखेको जनाएको छ ।
एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले हाङझाउ सेवा नेपाल र चीनका दुई ऐतिहासिक तथा सांस्कृतिक केन्द्रलाई जोड्ने महत्वपूर्ण रुट भएको बताएका छन् ।
