संसदको दुवै सदनको चालु अधिवेशन भोलि मध्यरातदेखि अन्त्य

असोज १५ काठमाडौं ।

संसदको दुवै सदनको चालु अधिवेशन भोलि मध्यरातदेखि अन्त्य हुने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले भोलि राति १२ बजे पछि लागु हुने गरी संसद्को चालु अधिवेशन अन्त्य गरेका हुन् ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको चालु अधिवेशन अन्त्य गरेका छन्।

मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्य गर्ने गरी निर्णय गरेर राष्ट्रपति कार्यालयमा पत्र पठाएको थियो ।

सरकारको सिफारिसमा राष्ट्रपतिले शुक्रबार मध्यरात १२ बजे देखि प्रतिनिधि सभा र राष्ट्रिय सभाका चालु अधिवेशन अन्त्य गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपतिले संसद् अधिवेशन अन्त्य गर्ने व्यवस्था रहेको छ ।

हेर्नुहाेस् राष्ट्रपति कार्यालयले जारी गरेकाे विज्ञप्ति ः

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *