भदौ ४ काठमाडौं ।
नेकपाबाट बागमती प्रदेशको आर्थिक मामिला मन्त्री सरल सहयात्री पौडेल बन्दै छन् ।
आज गठन हुन लागेको बागमती प्रदेश सरकारमा नेकपाका नेता सरल सहयात्री पौडेल आर्थिक मामिला तथा योजना मन्त्री बन्ने भएका हुन् ।
सत्ता साझेदार दल नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच प्रदेश सरकारमा मन्त्रालय बाँडफाँटको सहमति अनुसार सहयात्रीलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको स्रोतले जनाएको छ ।
नेकपा बाट मन्त्री बन्नेमा सिन्धुपाल्चोकका तत्कालीन नेकपा माओवादी पृष्ठभूमिका नेता सरल सहयात्रीको नाम टुंगिएको नेकपाले जनाएको छ ।
भागबण्डा अनुसार नेकपाले पाउने अर्काे एक मन्त्रालयमा कसलाई पठाउने भन्नेबारे औपचारिक रूपमा टुंगो लाग्न बाँकी रहेको जनाएको छ ।
नेकपाले अर्का मन्त्रीमा माधव नेपाल पक्षकी रमा आले मगरलाई पठाउने चर्चा पनि छ । उनी यस अघि युवा तथा खेलकुद मन्त्री भइसकेकी छन् ।
भागबण्डा अनुसार नेकपाले करिब एक वर्षदेखि रिक्त सभामुखसहित २ मन्त्रालय पाएको छ । भने अन्नय मन्त्रीको नाम टुंगो लगाइनसकेको जनाएको छ ।
