प्रधानमन्त्री बालेन शाहसँग गण्डकीका मुख्यमन्त्रीको भेट

भदौ २ काठमाडौँ ।

प्रधानमन्त्री बालेन शाहसँग गण्डकीका मुख्यमन्त्रीको भेट भएको छ ।

आज प्रधानमन्त्री वालेन्द्र शाहसँग गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भेट गरेका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटको क्रममा प्रदेश र सङ्घ सरकार बीचको सहकार्यका सम्बन्धमा छलफल भएको जनाएको छ ।

प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालको अनुसार प्रधानमन्त्री र मुख्यमन्त्रीको भेटमा समसामयीक राजनितीक विषयमा छलफल भएको जनाएको छ ।

छलफलको क्रममा सङ्घीयता कार्यान्वयनमा देखिएका चुनौतीलाई कसरी हल गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल भएको प्रधानमन्त्री स्रोतले जनाएको छ ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *