भदौ १ काठमाडौं ।
भारतीय सेना प्रमुख सेठले नेपाली सेनालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
भारतीय स्थल सेना प्रमुख जनरल धीरज सेठले नेपाली सेनालाई स्वास्थय सामाग्री हस्तान्तरण गरेका हुन् ।
सेठले स्वास्थ्य सामाग्रीका साथै सैनिक सामाग्री पनि सहस्तान्तरण गरेको सैनिक मुख्यालय जंगी अड्डाले जनाएको छ ।
आजै जंगी अड्डामै प्रधानसेनापति अशोकराज सिग्देल र सेठ बीच शिष्टाचार भेटवार्ता समेत भएको थियो ।
भेटका क्रममा आपसी हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक मुख्यालयले बताएको छ ।
प्रधानसेनापति सिग्देलको निमन्त्रणमा हिजो आइतबार काठमाडौं आइपुगेका सेठले टुँडिखेलस्थित सैनिक मञ्चमा माल्यार्पण गरेका थिए ।
नेपालको भ्रमणमा आएका सेठलाई आज राष्ट्रपति रामचन्द्र पौडेल मार्फत नेपाली सेनाको सम्मानार्थ प्रधानसेनापतिको दज्र्यानीचिह्न समेत प्रदान गरिएको छ ।
Post Views: 3
