भदौ १ काठमाडौं ।
पोखरामा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले हाइकिङ कार्यक्रम सञ्चालन गरेको छ ।
पोखरामा पर्यटन प्रवद्र्धन गर्न हाइकर्स क्लब नेपालले नियमित हाइकिङ कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
आज क्लबले पोखरा महानगरपालिका–१३ को काहुँखोला बाट आर्वा गाउँ, महाप्रभु धाम हुँदै विजयपुर पोखरी गाउँसम्म ७३ औँ हाइकिङ शृङ्खला सम्पन्न गरेको छ ।
हाइकर्स क्लब नेपालको अगुवाइमा पोखरा आसपासका विभिन्न गन्तव्यमा हाइकिङ गर्ने गरिएको जनाएको छ ।
यसै बिच क्लबले हाइकिङ कार्यक्रमको ७३ औँ शृङ्खला पूरा गरेको छ । हाइकिङमा सहभागीहरूले आर्वा र विजयपुरको ग्रामीण परिवेश, जीवनशैली, प्राकृतिक सौन्दर्य र धार्मिकस्थलहरूको अवलोकन गरेका थिए ।
व्यायाम सँगै पर्यटन प्रवद्र्धन, प्रकृतिप्रेम र आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले नियमित रूपमा हाइकिङ कार्यक्रम सञ्चालन गर्दै आएको हाइकर्स क्लब नेपालका अध्यक्ष कृष्ण रानाभाटले बताएका छन् ।
हाइकिङका क्रममा ग्रामीण क्षेत्रका प्राकृतिक तथा सांस्कृतिक सम्पदाको अवलोकन र प्रचारप्रसार गर्ने गरिएको जनाएको छ ।
सामूहिक रूपमा गरिने हाइकिङ कार्यक्रमले आन्तरिक पर्यटन प्रवद्र्धन गर्नुका साथै स्वस्थ जीवनशैली अपनाउन प्रेरणा दिनुका साथै क्लबले विगत सात वर्ष देखि हरेक महिनाको अन्तिम शनिबार हाइकिङ कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।
