भदौ १४ काठमाडौं ।
कृष्णभीरको सडक भासिदा काठमाडौं–मुग्लिन सडक पूर्णरुपमा अवरुद्ध भएको छ ।
भदौ १० गते गएको बाढीका कारण सडक भासिदा काठमाडौं–मुग्लिन सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।
भोटेकोशी हुँदै आएको बाढीले त्रिशूली नदीमा बहाब बढ्दा सडक अवरुद्ध भएको धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम) ले बताएका छन् ।
त्रिशूलीमा आएको बाढीले धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभीरमा तल बाट सडक कटान गरेपछि सडक भासिदा पूर्णरुपमा सडक अवरुद्ध भएको छ ।
आज बिहान केहीबेर अवरुद्ध भएर खुलेको सडक केही समयमै पूर्णरूपमा बन्द भएको जनाएको छ ।
चितवन प्रहरीले अर्को सूचना जारी नभएसम्मका लागि चितवनको नारायणगढ बाट काठमाडौं जाने र काठमाडौं बाट यसतर्फ आउने सवारीसाधनहरू सञ्चालनमा रोक लगाएको जनाएको छ ।
Post Views: 1
