युक्रेनमा रुसले गर्यो परमाणु हतियार बोक्न सक्ने मिसाइल अक्रमण

जेठ ११ काठमाडौं।
युक्रेनमा रुसले परमाणु हतियार बोक्न सक्ने मिसाइल अक्रमण गरेको छ।

रुसले आइतबार रातभरि युक्रेनको राजधानी किभमा मिसाइल र ड्रोनले हमला गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

युक्रेनी वायुसेनाका अनुसार रुसले एकै रात ९० वटा मिसाइल र ६०० ड्रोन प्रहार गरेको र यो हमला रूस–युक्रेन युद्ध सुरू भएयताको सबैभन्दा ठूलोमध्येको हमला रहेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

राष्ट्रपति जेलेन्स्कीले सहरका करिब ३० वटा भवन ध्वस्त तथा क्षतिग्रस्त भएको बताएका छन्।

हमला पछि हजारौं स्थानीयवासी मेट्रो स्टेशनमा आश्रय लिन पुगेको ’यो अत्यन्त डर लाग्दो र त्रासपूर्ण रहेको स्थानियले रोयटर्सलाई बताएका छन्।

आक्रमणमा आणविक हतियार बोक्न सक्ने ओरेसनकि हाइपरसोनिक मिसाइल समेत प्रहार गरेको युक्रेनी अधिकारीहरूले बताएका छन्।

हमलाले किभको मन्त्रिपरिषद् भवन र विदेश मन्त्रालयमा सामान्य क्षति पुगेको छ। भने राजधानीको राष्ट्रिय कला संग्रहालय र फिलहार्मोनिक हल गम्भीर रूपमा क्षतिग्रस्त भएको जनाएका छन्।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आक्रमण पछि अन्तर्राष्ट्रिय समुदायलाई रूसविरूद्ध कडा कदम चाल्न आग्रह गरेका छन्। भने युरोपेली नेताहरूले पनि हमलाको निन्दा गरेका छन्।

बेलायत र जर्मनीले आणविक हतियार बोक्न सक्ने मध्यम दूरीको ‘ओरेसनिक’ क्षेप्यास्त्र प्रयोग गरेर रूसले युद्धलाई उक्साउने र खतरनाक मोडमा पु¥याउन खोजेको आरोप लगाएका छन्।

रुसी रक्षा मन्त्रालयले आक्रमण युक्रेनी सैन्य कमान्ड केन्द्र, हवाई अड्डा र सैन्य उद्योग लक्षित रहेको दाबी गरेको छ।

मस्कोले नागरिकलाई निशाना नबनाएको दाबी गरे पनि युद्धका क्रममा युक्रेनी सहरहरूमा भएका बमबारी बाट हजारौं सर्वसाधारण मारिइसकेको जनाएको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *